ध्यानाकर्षण: नेपाली भाषामा खासै धेरै लेख लेख्ने नगरेको
कारण हिज्जे र व्याकरण अशुद्धताको लागि कृपया क्षमा दिनु होला !
हाम्रो आम
मानसिकताले प्राय: असल व्यक्तित्वहरूबाट मात्र शिक्षा लिने सोच राख्दछ । कोहि खराब व्यक्तित्व फेला पर्ना साथ्
ह्याँ हू गर्दै हजारौं कोश पर पुर्याइदिने सायद हाम्रो मामुली बानि होला ! हाम्रो
संसार होस् वा बाइबलको धरातल, प्रख्यात र कुख्यात दुवै श्रेणीमा समाहित
हुन सक्ने धेरै व्यक्तित्वहरू हामी पाउन सक्छौं ! प्राय जसो त हाम्रो छनोटमा
प्रख्यात व्यक्तित्व तिर नै झुकाव बढि गइदिन्छ । कुख्यात व्यक्तित्वहरूबाट के नै पो
सिक्न सकिएला र भन्ने हामीलाई लागिरहेको हुन सक्छ ।
तर के जीवनको अमुल्य पाठ कुख्यात व्यक्तित्वहरूबाट पनि सिक्न सकिन्न र ? भनिन्छ भूतकालबाट सिक्ने र वर्तमान काललाई सम्हाल्ने हाम्रो
कर्तव्य हो !
येशूलाई धोखा
दिएका र पक्राउन मद्दत गर्ने चेला को थिए भन्दा सायद धेरैले भन्न सक्छन ! हो, यहूदा इस्कोरियत ! तर यहूदा जस्तो धोकेबाज चेलाबाट आज हामीले
सिक्ने के नै पो पाठ होला र भन्ने खुलदुली तपाईमा पनि निश्चय नै होला ! इन्टरनेटमा
बारब्बाबारे भिडियो पक्का फेला पार्नुहुनेछ तर के यहूदाबारे केहि सोच्नु भएको छ
होला ? मैले पनि कहिल्यै विश्लेषण भने गरिन जब
सम्म एक ब्याप्टिस्ट मण्डलीका बाइबल शिक्षकको लेख पढिन ! उहाँको विश्लेषण साह्रै
चुनौतीपूर्ण र गहिरो पाएँ । सायद तपाईहरूले
पनि त्यस दृष्टिकोणबाट कहिल्यै हेर्नु भएको थिएन कि ? उहाँको लेखले मलाई साह्रै छोयो र आज हाम्रो पूर्वीय जगतमा
यस्तो विचार र दृष्टिकोण राख्ने व्यक्तिहरूको पनि खाँचो रहेको छ !
उहाँको लेख जस्ताको तस्तै:
यहुदा ईस्कोरियतले जति धेरै सिकाए अरुले त्यति नै कम !
यहुदा ईस्कोरियत
शास्त्रमा, संम्भवत, सर्वाधिक नकारात्मकतताको बिम्ब वा पात्र
हुन। अझ दुनिया मै सबै भन्दा अभागि मनुष्य भन्न रुचाउछु म । जो ईश्वरकै सानिध्यमा बाँचेर पनि
ईश्वरबाटै सधाको निम्ति चुके । झन्डै साढेँ तिन बर्ष सम्म खीष्ट संगै हिडे, खाए, संगत गरे, सिके, उँहाका तमाम गुणहरु, आचरणहरु, शक्तिहरु देखे यध्पि उनको यो सामिप्यताले
उनको आत्मालाई बचाउन सकेन । उनको यो भौतिकी
समृद्द आवरणले उनको अध्यात्मलाई जगाउन सकेन, उनका भित्री चक्षुहरु खुल्न सकेन।
भित्रको अध्यारोमा अनन्तताको उज्यालो बल्न सकेन । प्रेमको प्रतिमासंगै भएर पनि तिक्तताको
नामले उनि चिनिए । प्रेमकै
आलिंगनमा पलपल फुलेर पनि कुख्यात धोखाको पर्यावाचि बन्न पुगे । शास्त्रमा मात्र होईन सारा विश्व इसाई
जगतमै नकारात्मकताको पराकाष्टा नै छोए उनले । संभवत उनको नामको अर्थ: परमेश्वरको प्रशंसा होस हुन्छ तर
आज यो नामले यति धेरै घृणा बोकेको छ कसैले पनि यो नामलाई बोक्न चाहादैन ।
कसैले भनेको
सुनेको थिए, मेरा दुईवटा
गुरुहरु छन: बुद्ध र हिटलर, तर जति मलाई हिटलरले सिकाए त्यति बुद्धले पनि सिकाएनन् । बुद्ध, सर्वाधिक सकारात्मकतताको बिम्ब भने हिटलर
सर्वाधिक नकारात्मकतताको । दुईवटै प्रसिद्ध,
एउटा बिख्यातको
अर्को कुख्यातको । एउटा सिकाउछ के
गर्दा उन्नति हुन्छ अर्को, के गर्दा अवनति ।
नकारात्मकपनामा
जति सकारात्मक शंन्देस छुपेका हुन्छन त्यति सकारात्मकतताहरुमा हुदैनन् खालि सम्यक
र बिधायक दृष्टि चाहियो । यति खुट्टयाउने
शक्ति लगाउने हो भने नकारात्मक वृतिहरुबाट धेरै सकारात्मक कुराहरु सिक्न पाईन्छ । नकारात्मकपनामा बिधायक दृष्टि लगाउने
हो भने बिध्वसंबाट धेरै हदसम्म बच्न सकिन्छ ।
शास्त्रमा यसरी
यहुदा ईस्कोरियत सबै भन्दा बढी नकारात्मक पात्रको रुपमा ऊभिएका छन । उनको बारेमा बोलिएको, प्रचार गरिएको, सिकाईको बिषयहरु एकदमै कम पाईन्छन । ईस्कोरियत भन्दा बित्तिकै मानिसको
मष्तिस्कमा धोखा, घृणा, रोष, बिस्वासघाती, छलि आदि जस्ता अत्यन्तै नकारात्मक भावहरु
उत्पन्न भैहाल्छ । शास्त्रमा उनि
कोरियका छन उनको पनि गरिमा छ, अस्तित्व छ मानिसलाई एक उत्तम शिक्षा सिकाउन । उनले जति सिकाउछन सायद धेरै कमले
सिकाउन सक्छन भन्न सक्छु म बिषेश गरि पतनको सवालमा । उनले एउटा अत्भुत शन्देश दिएर गएका छन
कि के गर्दा मनुष्यको पतन हुन्छ । हरेक मन्डलीमा, खीष्टियन जमातमा कतै न कतै ईस्कोरियतहरु छन । यिनले सिकाएका शन्देसहरु बुँदागतरुपमा
हेरौ:
१. दर्शन, सिद्धान्त र संगतले मात्र मानिसलाई
बचाँउन सक्दैन ।
२. खीष्टको पछि लाग्दैमा कोहि खीष्टको
हुदैन, अभिप्राय परिक्षण
गर्नु पर्छ ।
३. खीष्टको नाम बोक्दैमा केही खीष्टको
हुदैन, खीष्टको बोँध
हुनुपर्यो, खीष्टलाई अनुभुत
गरेको हुनुपर्यो । प्राय सबै जसो
फलफुलहरु गुलिया हुन्छन यध्यपि प्रतेक फलको गुलियो फरक हुन्छ र त्यसको अनूभुति फल
चाखे पछि मात्र पाईन्छ ।
४. पछुतोले होईन पश्चातापले ल्याउछ साँचो
परिवर्तन ।
५. नियतमै खोटमा छ भने पाखन्डीपना
झल्किहाल्छ त्यसको अगाडि ईश्वर नै आए पनि केहि लाग्दैन ।
६. गलत मनसाय बोकेको नेत्तृत्वले गलत
परिणाम निम्त्याउछ ।
७. अध्यात्मको गहिराईलाई भौतिक आभाहरुले
भेट्टाउदैनन् ।
८. धेरै नेत्तृत्वहरु लालचको कारणले
धरासाइ बनेका छन, सिद्धिएका छन ।
९. रोटिको कारण मात्र खीष्टलाई
पछ्याउनेहरुले जतिबेला पनि खीष्टलाई धोखा दिन सक्छन । र रोटिकै कारण रित्तिएर जान्छन ।
१०. खीष्टलाई पछ्याउन स्पष्ट दर्शन र
उद्धेश्य हुनुपर्छ नत्र गन्तब्य अस्पष्ट हुन्छ ।
११. कोहि कोहि हरदम खीष्ट संगै हुन्छन र
पनि खीष्टको हुदैनन् ।
१२. पद, पैसा, प्रतिस्ठा, सुख, स्वास्थ्यहरुको आसा होईन खीष्ट। केबल
मोक्षको लागि हो । त्यो त परिश्रम;
पसिना र
ईमान्दारिताले पनि पाईन्छ ।
१३. खीष्टको आवरणमा टाँसिएर होईन खीष्टको
हिर्दयमा गाँसिएर मात्र खिष्टको बन्न सकिन्छ ।
१४. खीष्ट संग सेल्फि खिँचेर मोक्ष
पाईदैन ।
१५. साँचो पश्चातापले अरबौ पापका
अणुहरुलाई पखाल्न सक्छ जो घटित हुनका लागि लामो समय चाहिदैन । यसको मतलब यो होईनकि पश्चातापीले ति
बिगतका अत्यधिक डार्क (मैलो) अणुहरुलाई सजिलै बिर्सिदिन सक्छ । a heinous sinner turn to be
saint through genuine repentance but cannot easily assimilate past sins.
१६. खिष्टसंगै हिडेर पनि खीष्टको
हिर्दयमा हुन नसक्नु त्यो भन्दा दयनिय अरु के होला ?
१७. शरिरको अभिलाषामा बाच्नेहरुलाई
आत्माको तरवारले पनि काट्न सक्दो रहेनछ ।
१८. कतिले खीष्टलाई केबल रोटीको लागी
मात्र पछ्याउने गर्छन । रोग र रोटीको
लागीमात्र खीष्टलाई खोज्नेहरु आजकाल प्रशस्तै भेटिन्छन ।
१९. खीष्ट तिमीसंग हुनु जति ठुलो अवशर हो
तिम्रालागी, त्यतिनै बिशाल हो
तिम्रो दृढ विस्वास हो तिमी उँहासंग हुनु ।
२०. येशूलाई नामले चिन्ने अरबौ छन तर
हिर्दयले, धेरै थोरै !
२१. साँचो पश्चातापमा बगेको आँसुको मुल्य
समुन्द्रको गहिराईमा भटिएको मोती र लाखौ डिग्रीको तापमा खारिएको हिरा भन्दा अधिक
बहुमुल्य हुन्छ, जति घातक पछुतोमा
पोखिएको पिडा हुन्छ !
पछुतोमा पतन र पश्चातापमा परिवर्तन हुन्छ ।
विश्लेषण क्रेडिट: Dipendra GC,
Baptist church
मिति: २१ जुलाई, २०२०