येशू र ख्रीष्ट बारे मानिसको धारणा: येशू को हुनुहुन्छ ?

 


येशू र ख्रीष्ट बारे मानिसको धारणा


यूहन्ना ७:२५-४४


(शुरुमा लेखिएको मिति: 07 December 2017)


विशेष ध्यान २७, ३१, ४१-४२, ४३ पदहरूमा यदि हामीले गर्यौँ भने हामी सरलै बुझ्न सक्छौँ कि त्यो समयमा आम मानिसहरूले ख्रीष्टको आगमनको आशा राखेका त थिए तर येशू नै उहीँ ख्रीष्ट हुन भन्ने ज्ञान तिनीहरूमा थिएन । २७ पद अनुसार आम मानिसहरूले ख्रीष्ट देखा पर्नुहुँदा उहाँ कहाँबाट आएका हुनेछन स्व कसैले जान्दैनन भन्ने विश्वास राख्थे तर येशू कहाँ बाट आए भन्ने कुरा धेरैलाई थाहा थियो ।


त्यस समयको यहूदी परम्पराले प्रतिज्ञा गरिएको ख्रीष्ट अज्ञात रुपले देखा पर्नेछन भनेर सुझाव दिइएको थियो र येशूको पारिवारिक इतिहास यरूशलेमका धेरै मानिसहरूलाई थाहा थियो ।[1]को अर्थ पुरानो नियममा भएका स्पष्ट अगमवाणी बाबजुत येशूलाई कति मानिसहरूले ख्रीष्टको रूपमा स्विकार गरेका नै थिएनन् । ३१ पदले पनि मानिसहरूमा अझै ख्रीष्ट देखा पर्नु हुने कुराको आशा राखेका थिए भनी जनाउछ । कसै-कसैले यहूदी परम्परालाई हेर्छन् जसले मसीह गुमनाम व्यक्तित्व हुनुहुनेछ भनी सुझाव दिन्छ । यसैको आधारमा, धेरैले सोच्छन् कि येशुजस्ता सामान्य मानिस प्रतिज्ञा गरिएको व्यक्ति हुन सक्दैनन् । तर उनीहरूको ध्यान यो कुरामा थियो कि के ख्रीष्टले चाहिँ येशूले भन्दा पनि महान कार्य गर्न सक्ष्यम होलान र ?


            यहाँ त आम मानिसहरूले ख्रीष्ट र येशूलाई भिन्दा भिन्दै व्यक्तीको रूपमा चित्रण गरेका छन । यस्तै पद ४१-४३ मा हामी देख्छौँ कि मानिसहरूमा येशूका कारण फुट समेत हुन गयो । यहाँ ग्रीक शब्द शिस्म (σχίσμα = schísma)[2] प्रयोग भएको छ जुन सामान्य विवाद मात्रको अर्थ जनाउदैन तर विभिन्न समूहहरू बीचको तीतो, अस्थिर, दुखी उल्लङ्घनलाई बुझाउँछ [3] केहिले उहाँको कार्यहरू देखेर आउने वाला ख्रीष्ट उहाँ नै हुनुहुन्छ भनि सोचे तर अरुले यहुदी परम्पराको कारण उहाँ ख्रीष्ट हुन नसक्ने विचार समेत गरे धर्म शास्त्रको ज्ञान भने उनीहरू सङ्ग निश्चय नै रहेको थियो र वकालत गरेका छन कि ख्रीष्ट त दाउदको गाऊँ बेथलेहेमबाट आउनेछन तर येशू त गालीलबाट आउनु भयो । तसर्थ, येशू बारे त्यस बेलाका मानिसहरूको भिन्न भिन्न विचार रहेको पाइन्छ। 


हो, आजको युगमा पनि मानिसहरू बीच यस्तै खालका मतभेद रहेको हामी पाउछौँ । साँचै येशू को हुनुहुन्छ भन्ने बारे आजको युगमा पनि विविध विचारहरु हाम्रो समाजमा निहित छन्। कसैले उहाँलाई गुरुको रुपमा हेर्छन, कसैले एक असल शिक्षक, कसैले योग कर्मी, कसैले समाज सुधारक, कसैले अवतार वा देवता, इत्यादि। साचैँ नै भनौँ ने आज पनि कति यहुदी जातीहरू ख्रीष्टको आगमनको दिन पर्खी बस्दै छन पनि ।

 

हामीले त आज येशूलाई ख्रीष्ट, प्रभु र मुक्तिदाता भनि स्वीकार गरेका छौँ । उहाँका कार्यहरू, दाबीहरू, शिक्ष्या अनि उहाँको जीवनलाई नियालेर हेर्दा हामीले उहाँमा सत्यता पायौँ । तर आज धेरै मानिस यसरी नै येशु बारे आ-आफ्नै मत र धारणामा अल्झी रहेका छन । तसर्थ, मानिसहरूले आज बुझ्न जरुरी छ कि येशू नै ख्रीष्ट, मुक्तिदाता एवं साचोँ प्रभु हुनुहुन्छ र उहाँ बाहेक अरु कोहि छैन ।

 

आमेन



[1] “What Does John 7:27 Mean?,” BibleRef.Com, accessed June 17, 2022, https://www.bibleref.com/John/7/John-7-27.html.

[2] “G4978 - Schisma - Strong’s Greek Lexicon (Kjv),” Blue Letter Bible, accessed June 17, 2022, https://www.blueletterbible.org/kjv/gen/1/1/s_1001.

[3] “What Does John 7:43 Mean?,” BibleRef.Com, accessed June 17, 2022, https://www.bibleref.com/John/7/John-7-43.html.


A Christian Thinker

Hi, it's me Kevin from Nava Jeevan AG church, Kupondole. I am currently working as a Civil engineer as profession. In church ministry I am engaged as blogger and I have my own personal ministry namely Apologetics Impact Nepal. I'm interested in theological, apologetics and ethical discussion and I love to enroll in guiding others in these fields. You can visit my ministry blog and connect with me via Gmail kvinmdiv@gmail.com or eseekers25@gmail.com!

Post a Comment

Previous Post Next Post