प्रकृति र ब्रह्माण्डलाई विश्लेषण गरेर उहाँको महिमा गर्न सिकौँ

 



नासाले हालै सार्वजनिक गरेको विश्व अर्थात् युनिभर्सको तस्बिर[i] आज फेसबुकमा जताततै शेयर गरेको पाएँ तस्वीर साह्रै रोचक रहेछ । जेम्स वेब स्पेस टेलिस्कोपद्वारा लिइएको तस्बिरलाई नासा र खगोलविद्हरूले हाम्रो विश्वको विगतको गहनतम दृश्य भनेका छन् । यो महाविस्फोट (अर्थात् बिग ब्याङ्ग) घटेको ६० करोड वर्षपछिको दृश्य हो । तस्बिर हेरेपछि अमेरिकी राष्ट्रपति बाइडेनले प्रतिक्रिया दिए, "पहिले कसैले नदेखेका सम्भावनाहरूलाई हामी देख्न सक्छौँ । पहिले कोही नगएका ठाउँहरूमा हामी जान सक्छौँ ।[ii]

लगभग १३.८ अर्ब वर्ष[iii] अघि थालनी भएको विशाल ब्रह्माण्डमा हाम्रो पृथ्वी त साह्रै सानो अंश हो । ब्रह्माण्डको तस्वीरहरूले मात्रै पनि हामीलाई अचम्म पार्न सक्छ । रङ्गीचङ्गी तारापुञ्जहरू, असंख्य आकाश गंगाहरू, ग्रह र नक्षत्रहरूले हाम्रो मन नै प्रफुल्ल पार्दछ । यति ठूलो ब्रह्माण्डमा हामी त कता हो कता ।[iv] तर पनि परमेश्वरले हामीलाई आफ्नैँ स्वरूपमा सृष्टि गर्नु भयो त्यो पनि आफ्नैँ लागि ! हामी कति धन्यका छौँ ?

हामीलाई रहन यस धर्तीको थालनी करीब ४.६ अर्ब वर्ष[v] अघि उहाँले नै गर्नुभयो । उहाँले नै समस्त प्राकृतिक स्रोत र सम्पदाहरूको सृष्टि गरेर हरेकको सीमा, भूमिका, वासस्थान र प्रकृति उहाँले नै स्थापना गर्नु भयो । यसमा खास हाम्रो केहि भूमिका छैन न त केही श्रेय नै छ । तर उहाँले जे जति सृष्टि गर्नुभयो ती सबै हाम्रो जीवनको निमित्त सृष्टि गर्नुभयो चाहे भौतिक तत्त्वहरू होस्, जैविक प्राणीहरू होस् वा रासायनिक तत्त्वहरू होस् ! उहाँले सहि मात्रामा, सहि ठाउँहरूमा, सहि निति नियममा र सहि रूप रङ्ग अनि बाहिरी र भित्री बनावटमा सबै थोक सृष्टि गर्नु भयो ।

हाम्रो प्रकृति, शारीरिक व्यवस्थापन, जैविक विविधता आदि सबै थोकलाई विश्लेषण गरेर परमेश्वरको महानता, प्रावधान, बुद्धि, ज्ञान, सीप, सामर्थ्य, सरोकार, हेरचाह र प्रेम बारे हामी जान्न सक्छौं ! उहाँको हात द्वारा एक व्यवस्थित ब्रह्माण्डको रचना हुन गयो । निर्माण प्रक्रिया जे जस्तो भए तापनि त्यस पछाडी उहाँकै हात थियो ।[vi] के हामीले कहिल्यै उहाँको महिमा गर्न सकेका छौँ ? हामी झन नेपालमा रहनेहरूलाई प्राकृतिक सुन्दरता कति मनमोहक लाग्दछ ? हामी प्रकृति सङ्ग निकै रमाउँछौँ । त्यसरी नै परमेश्वर सङ्ग पनि रमाउन हामी सिक्न पर्छ । यदि बाइबलमा नै हेर्ने हो भने प्राकृतिक कुराहरूलाई नियालेर पनि धेरैले उहाँकै गुणगान गाएको हामी पढ्न पाउँछौँ । प्रकृतिमा हुने गतिविधिलाई लिएर उहाँको महिमा गरिएको, उहाँको भय राखिएको, उहाँलाई उच्च आदर दिइएको र उहाँको विषयमा कति गुणहरू सिकेको हामीले पाउन सक्छौं (यशैया ४३:२०; ४४:२३, भजन संग्रह ७७:१६; १९; ९१:४; ९६:११-१२; ९५:४-५; १०४:२४-२५, मत्ती २८:३, प्रकाश १:१४, रोमी १:२०, अय्युब १२:७-१०; ३७:१४-१६कलस्सी १:१६, नहूम १:५, आदि) ।

हाम्रो लक्ष केवल स्वर्ग जानु मात्र कदापि हैन तर यस संसारमा जिउँदा नै स्वर्गीय जीवनको अनुभव गर्नु हो । हाम्रो संसारलाई नै परमेश्वरले ढकमक्क सजाउनु भएको छ भने स्वर्गीय घरको विषयमा हामी बयान सम्म पनि गर्नै सक्दैनौं (१ कोरिन्थी २:९) । तर हामीले यस संसारमा रहँदा नै परमेश्वरको महिमा गर्ने, उहाँमा आनन्दित हुने र प्राकृतिलाई विश्लेषण गरेर उहाँलाई सम्झने गर्न पर्दछ । धेरैले आज अन्जानमा प्रकृति वा बनाइएका थोकहरूलाई पुज्न थाले[vii] तर हामीले सृष्टिकर्ताको महिमा गर्न पर्छ । उहाँका हातका कला छर्लङ्ग हुने गरि प्रकृतिमा देखाइएको छ ।

आज जुन सौन्दर्य हाम्रो माझ छ त्यो भोलि हराएर जान सक्ला तर परमेश्वरको सौन्दर्य सदाबहार छ । आज प्रकृति जुन वैभवशाली छ भोलि बिलाएर जान सक्ला तर परमेश्वरको वैभव कहिल्यै अन्त हुने छैन । प्रकृति र ब्रह्माण्डलाई विश्लेषण गरेर उहाँको महिमा गर्न सिकौँ ।

 

References used:

Bishwo Ghatana. आखिर हाम्रो बम्हाण्ड कति बिशाल छ त ? || How Big Is the Universe || Bishwo Ghatana, 2020. Accessed July 12, 2022. https://www.youtube.com/watch?v=CHcr_4wJo8s.

Overbye, Dennis, Kenneth Chang, and Jim Tankersley. “Biden and NASA Share First Webb Space Telescope Image.” The New York Times, July 11, 2022, sec. Science. Accessed July 12, 2022. https://www.nytimes.com/2022/07/11/science/nasa-webb-telescope-images-livestream.html.

Sharma, Rev. Dr. Balkrishna. Major Religions of the World: A Nepali Perspective. Kathmandu: ITEEN in partnership with OM Nepal, 2015.

“Facebook.” Accessed July 12, 2022. https://www.facebook.com/kamal.adhikari2014/posts/pfbid0urqLQ8ZrGZ1UQ1Mcx5yvR8TXBE98V5gK3jQpCYKEwrtLYvUbseSrrFkM74HAtizzl.

“How Are the Ages of the Earth and Universe Calculated? - Common-Questions.” BioLogos. Accessed July 12, 2022. https://biologos.org/common-questions/how-are-the-ages-of-the-earth-and-universe-calculated/.

“What Does Genesis Chapter 1 Mean?” BibleRef.Com. Accessed July 12, 2022. https://www.bibleref.com/Genesis/1/Genesis-chapter-1.html.

 



[i] Dennis Overbye, Kenneth Chang, and Jim Tankersley, “Biden and NASA Share First Webb Space Telescope Image,” The New York Times, July 11, 2022, sec. Science, accessed July 12, 2022, https://www.nytimes.com/2022/07/11/science/nasa-webb-telescope-images-livestream.html.

[ii] “Facebook,” accessed July 12, 2022, https://www.facebook.com/kamal.adhikari2014/posts/pfbid0urqLQ8ZrGZ1UQ1Mcx5yvR8TXBE98V5gK3jQpCYKEwrtLYvUbseSrrFkM74HAtizzl.

[iii] “How Are the Ages of the Earth and Universe Calculated? - Common-Questions,” BioLogos, accessed July 12, 2022, https://biologos.org/common-questions/how-are-the-ages-of-the-earth-and-universe-calculated/.

[iv] Bishwo Ghatana, आखिर हाम्रो बम्हाण्ड कति बिशाल छ त ? || How Big Is the Universe || Bishwo Ghatana, 2020, accessed July 12, 2022, https://www.youtube.com/watch?v=CHcr_4wJo8s.

[v] “How Are the Ages of the Earth and Universe Calculated?”

[vi] “What Does Genesis Chapter 1 Mean?,” BibleRef.Com, 1, accessed July 12, 2022, https://www.bibleref.com/Genesis/1/Genesis-chapter-1.html.

[vii] Rev. Dr. Balkrishna Sharma, Major Religions of the World: A Nepali Perspective (Kathmandu: ITEEN in partnership with OM Nepal, 2015), 8–11.

A Christian Thinker

Hi, it's me Kevin from Nava Jeevan AG church, Kupondole. I am currently working as a Civil engineer as profession. In church ministry I am engaged as blogger and I have my own personal ministry namely Apologetics Impact Nepal. I'm interested in theological, apologetics and ethical discussion and I love to enroll in guiding others in these fields. You can visit my ministry blog and connect with me via Gmail kvinmdiv@gmail.com or eseekers25@gmail.com!

1 Comments

  1. असल तरीकाले सजिलै बुझिने गरी प्रस्ट्याउनु भएको छ। यस्ता प्रकारको लेख र जानकारी सबैलाई खाँचो छ।Keep it up भाई, नेपाली मण्डलीलाई you need।

    ReplyDelete
Previous Post Next Post