के कुराका लागि येशूमा आउने हैन ?

 




१. चङ्गाई मात्रै पाउनका लागि येशूमा आउने हैन यद्यपि उहाँमा चङ्गाई छ तर सधैं चङ्गाई गर्नुहुन्छ भन्ने कुनै वाचा छैन र जो चङ्गाईको खातिर मात्र उहाँ मा आउँछन्, त्यसैका खातिर उहाँलाई त्याग्ने छन् ।

२. आत्मिकी वरदान पाउनका लागि येशूमा आउने हैन किनकि आत्मिकी वरदान भएका थुप्रै पतन पनि भएका छन् र आत्मिकी वरदान सेवाको लागि दिइएको हो, सेलिब्रेटी, व्यापारीकरण र मनोरञ्जनका लागि होइन ।

३. पास्टर, अगुवा, पोप, बिशप आदि बन्नका लागि येशूमा आउने हैन यद्यपि यी मण्डली चलाउनका निमित्त अगुवाइको बोलावट हुन् तर पद, मान, सम्मान, प्रतिष्ठा, आदिका पछि लाग्नु आपत्तिजनक कुरो हो ।

४. सफल र सुखविलासको जीवन यापन गर्न येशूमा आउने हैन किनकि उहाँले क्रुश बोकेर उहाँकै पछि लागिराख्नका लागि बोलाउनु भएको हो ।

५. मृत्यु पश्चात् स्वर्ग धाउनका निमित्त मात्र पनि येशूमा आउने हैन किनकि हाम्रो गन्तव्य कहाँ हो भन्दा पनि हाम्रो सम्बन्धको सँग हो भन्ने कुरो अपरिहार्य छ ।

६. जात भातको कुरो छैन, समानता छ भनेर येशूमा आउने हैन किनकी संसारको प्रभाव मण्डलीमा पनि कायम नै छ ।

७. आश्चर्यकर्म देखेर येशूमा आउने हैन किनकी आश्चर्यकर्म अन्य धर्महरूमा पनि छन् र यो येशूको आवश्यकता पनि हैन । उहाँ परमेश्वर हुनुभएको कारण आश्चर्यकर्म गर्न सक्षम छन् तर आश्चर्यकर्म गर्नुभएको कारण परमेश्वर हुनुभएको होइन ।

८. गरिबीबाट मुक्ति पाउनको लागि येशूमा आउने होइन किनकि हामी आफ्नो परिश्रम द्वारा पनि धनी बन्न सक्छौं ।

९. बिदेश जान पाइएला कि भन्ने आशाले येशूमा आउने हैन किनकि त्यो एक फाइदाको खातिर मात्रै येशूलाई चलाएको हो ।

१०. संसारलाई इसाईले परिवर्तन गरे भनेर येशूमा आउने हैन किनकि त्यो त सुसमाचारले मानिसको चेतनामा पारेको प्रभाव मात्रै हो ।

 

हो, यी सबै कुराहरू विश्वासीहरूको जीवनमा भएका छन् तर ती सबै केवल सुसमाचारको प्रभावको झल्को मात्रै हो । यी कुनै पनि थोक येशूमा आउनुको कारण हुनु हुँदैन । यी कुराहरू भविष्यको महिमामय दिनको केवल झलक मात्रै हुन् ।

 

आज ख्रीष्टमसको माहोलमा हामीले हाम्रा प्रिय जनहरूलाई कसरी येशूमा ल्याउँदैछौँ होला? कसरी चिनाउँदैछौँ होला? यो पनि ख्याल गरौं । धेरै जना यहि गलत सोचाइले येशूमा आएर नै जीवनका गहिरा घाउहरूमा अस्तव्यस्त हुँदा येशूलाई त्यागेर पनि गएका छन् ।

 

येशूमा हामी सबैलाई वास्तवमा खाँचो परेको कुरो प्राप्ति भैसकेको छ । त्यो परमेश्वर आफैं हुन् ! पापको बन्धनबाट छुट्टीएर उहाँमा फर्कन पाउनु भन्दा ठूलो आनन्द अरु के छ र? बाँकी सबै थोक त क्षणिक मात्रै हुन् !

 

***


A Christian Thinker

Hi, it's me Kevin from Nava Jeevan AG church, Kupondole. I am currently working as a Civil engineer as profession. In church ministry I am engaged as blogger and I have my own personal ministry namely Apologetics Impact Nepal. I'm interested in theological, apologetics and ethical discussion and I love to enroll in guiding others in these fields. You can visit my ministry blog and connect with me via Gmail kvinmdiv@gmail.com or eseekers25@gmail.com!

1 Comments

  1. सारांश:

    येशूमा पक्का पनि चङ्गाई छ, जातीय समानता छ, सेवाकाईका विविध बोलावट, पदहरू र भविष्यका लागि इनामहरू छन्, आत्मिकी वृद्धिका लागि वरदानहरू छन्, आशिषहरू छन्, आश्चर्यकर्म छन्, गरिबीबाट मुक्ति छ, संसारलाई परिवर्तन गर्ने शक्ति छ । तर यी कुनै पनि कुराहरू येशूमा आउनु र उहाँलाई पछ्याउनुको आवश्यकता होइन । जो यी सबै पाउनका खातिर उहाँलाई अङ्गाल्छ, उसैले यी सबैका खातिर उहाँलाई त्याग्ने छ । इसाई समाजमा केवल गवाही मात्रै छैनन् तर दु:खद पछि हटेर गएकाहरूको गुनासो पनि छ । यसका लागि दोषी हामी आफैं हौँ जसले सहि तरिकाले येशू चिनाउन सकेनौं । येशूमा हामीले सबैभन्दा बहुमुल्य सुख पाइसकेका छौँ - जो परमेश्वर आफैं हुन् । पापको बन्धनबाट छुटेर उहाँको सन्तान हुनु भन्दा बढी सौभाग्य अरु के चाहियो र?

    ReplyDelete
Previous Post Next Post