मैले मिम जगतमा कहिले देखि, किन र कसरी पाइला चालेँ?

 



मिम जगतमा पाइला टेकेको सायद २०२० देखि थियो जुन बेला विश्व भर कोभिडका कारण लकडाउन थियो । तसर्थ, आज मेरो यात्रा ३ वर्ष जति भैसकेको रहेछ । प्रभुको महिमा भएको होस् । मिमको आफ्नो परिभाषा जे सुकै भए तापनि यसको लोकप्रियता र प्रभावलाई देखेर म अत्यन्तै छक्क परेँ । अनि तुरुन्तै प्रभुको राज्यको लागि सायद मिमहरूबाट पनि केही योगदान दिन सकिन्छ कि भनेर मेरो मनले गहिरो रूपमा सोच्न थाल्यो । विनम्रताका साथ मिम खास के हो त्यो बेला मलाई ज्ञान थिएन । तर यति थाहा थियो कि जब यो सामाजिक सन्जालमा फैलन्छ, तब दर्शकलाई हाँसोको साथ केही न केही सूचना प्रवाह गरेकै हुँदो रहेछ । मलाई अनि मिम जगत साह्रै रोचक लाग्न थाल्यो ।

 

मिम सिद्धान्त सम्बन्धि मैले केही अध्ययन गरेको छैन । तर यसको उपयोगिता देखेर नै अठोट गरेँ कि यो जगतमा प्रवेश गरेर म मेरो सेवाकाईलाई अघि बढाउँछु । मिमलाई नियाल्दा यसले फिल्म, कार्टून, अनि थुप्रै अन्य कुराहरू प्रयोग गरेर त्यसमा भएको सन्देशलाई प्राण दिलाउने काम गर्दो रहेछ भनी जानेँ । यो साहित्यमा विविध भाषाको प्रयोग गरेर आफ्नो सन्देशलाई सक्रिय तुल्याएको जस्तै हो । यसमा टेम्प्लेटहरू द्वारा सन्देशलाई सक्रिय गराइन्छ । यसले एकै समयमा हाँसो अनि गम्भीर सन्देश पनि प्रदान गर्दछ । आजको युगमा सायद मिम एक सन्चार माध्यम नै बनिसकेको छ ।

 

२०२० देखि शुरु गर्दा निकै लामा लामा मिम बनाउँदै, मित्रहरूलाई पठाउँदै मैले यसमा आफ्नो काम शुरु गरेथेँ । साधारण दर्शकहरूले बुझ्ने खालका फिल्मका दृश्य, कार्टून, भाइरल पोस्ट र डायलगहरू आदि प्रयोग गर्दै मैले मिम बनाउँदै गएँ । आज सम्म सायद सयौं मिमहरू बनाइसकेँ । मेरो लक्ष नै मिमहरू द्वारा ईश्वर शास्त्रीय सन्देश प्रदान गर्नु थियो । यसमा पनि गम्भीर सन्देश, व्यङ्ग्य, आलोचना, समालोचना, विश्लेषण जस्त अनेकौं विधालाई समेटेर लैजाने प्रयास गरेँ । मिमहरू बनाउने एप्स र साइटहरू खोज्न थालेँ । अध्ययन गरेका कुरालाई मिममा राख्न थालेँ । यसरी मेरो सेवाकाई शुरु गरेँ मिम मार्फत पनि ।

 

धेरै इसाई मित्रहरूले सायद मिमलाई राम्ररी नबुझेर यसलाई खिल्ली उडाउने एक परम्परा ठान्न सक्लान् । तर मिम र यसको उपयोगितालाई राम्ररी बुझ्ने हो भने यो अत्यन्तै प्रभावकारी संचार माध्यम हो ।

१. मिमले तपाइँको सन्देशलाई प्राण दिने काम गर्दछ । यो एनिमेशन बिनाको एनिमेशन जस्तै हो ।

२. यसले दर्शकलाई उसले जाने बुझेको भाषिक शैलीमा सन्देश प्रवाह गर्न सहायता गर्छ ।

३. यसले जुनसुकै क्षेत्रहरूलाई पनि प्रयोग गरेर त्यस क्षेत्रमा कार्यरत व्यक्तिले बुझ्ने भाषामा सन्देश प्रदान गर्न सक्छ जसलाई सान्दर्भिकरण पनि भनिन्छ ।

४. यसले दर्शकलाई हाँसोका साथै गम्भीरताका साथ सन्देश मनन गर्न लगाउँदछ ।

५. यसले हाम्रो सृजनात्मक र कल्पना गर्ने शीपलाई विकास गर्नमा मद्दत पुर्याउँछ ।

मिम बनाउँदा के-के कुराहरूमा ध्यान पुर्याउन पर्छ ?

पहिलो, टेम्प्लेट छान्दा सकेसम्म सबैले बुझ्ने टेम्प्लेट लिन पर्छ | यसको लागि प्रख्यात फिल्म, कार्टून वा घटनाहरूबाट पनि दृश्यहरू प्रयोग गर्न सकिन्छ |

दोश्रो, भाइरल भएको घटना यदि कसैको व्यक्तिगत मानमा हानी पुग्ने किसिमको छ र अपमानजनक हुन सक्छ भने त्यस्तो दृश्य प्रयोग मिममा सकभर नगर्ने |

तेश्रो, परमेश्वरको नै ठट्टा हुने खाले मिमहरू कदापि नबनाउने | सिद्धान्तको भिन्नताका कारण व्यंगात्मक रुपमा मिम बनाउँदा परमेश्वरको व्यंग हुन भएन | उहाँको महिमाका लागि मिम बनाउंदै छौं, अपमानको लागि हैन |

चौथो, मिमबाट कसैलाई धक्का पुग्न भएन | सैद्धान्तिक भिन्नता र खोट देखाउने उद्देश्यले मिम बनाए तापनि, यसलाई प्रेम र आदर साथ गर्न सकिन्छ |

पाँचौ, मिमबाट कुनै फिल्म, कार्टून वा घटनाको विज्ञापन हुन भएन | हाम्रो ध्यान दृश्य भन्दा बढी संदेशमा हुन पर्छ | टेम्प्लेट त केवल एक गाडी जस्तै हो हाम्रो सामानलाई डेलिभर गर्न मद्दत पुर्याउने |  

यी चरीत्रहरूका कारणले नै मिमलाई मैले आफ्नो सेवाकाईमा प्रयोग गर्न थालेँ । आज सम्म पनि गर्दै छु, सिक्दै छुमिम बनाउँदा मेरा पनि धेरै खोटहरू छन् तर मर्यादित ढंगले बनाउने सिक्दै छु | आजको युगमा सायद मिम अति नै उपयोगी संचार माध्यम बन्न सक्छ । यसको सहि उपयोगले हामी किशोर देखि युवाहरू सम्म पनि सन्देश प्रवाह गर्न सक्छौं ।

मिम सम्बन्धि मेरा अन्य ब्लगहरू:

मिमको अनुशासन बारे: CLICK HERE

मिमका भिडियोहरू: CLICK HERE

मिमहरू राखिएको लिंक: CLICK HERE


A Christian Thinker

Hi, it's me Kevin from Nava Jeevan AG church, Kupondole. I am currently working as a Civil engineer as profession. In church ministry I am engaged as blogger and I have my own personal ministry namely Apologetics Impact Nepal. I'm interested in theological, apologetics and ethical discussion and I love to enroll in guiding others in these fields. You can visit my ministry blog and connect with me via Gmail kvinmdiv@gmail.com or eseekers25@gmail.com!

Post a Comment

Previous Post Next Post