संगीतमा आफैंलाई पाउनु: बाइबलमा आफैंलाई पाउनु

 



आज भन्दा १०-२० वर्ष अघिका प्रेम सम्बन्धि नेपाली पप गीतहरू सायद सबैले सुनेर हुर्केका छौँ होला । त्यो समयमा हामी बालकहरू थियौं र गीतहरू सुनेर, कण्ठ गरेर स्कूलमा रमाइलो समय बेला पनि गाउँदथ्यौँ । कुनै गीतहरू साह्रै आनन्दित दिने खालका थिए भने कुनै साह्रै पीडित बनाइदिने खालका पनि थिए । हामी केवल त्यो समयमा गीत सुन्दै कण्ठ गर्दै गाउनेहरू थियौँ ।

 

आज हामी पक्का पनि किशोर र जवान उमेरमा जिउँदै छौँ । ती पुराना गीतहरू आज पनि नयाँ गीतहरूका तुलनामा साह्रै मन छुने नै छन् । किशोर र जवान उमेरमा प्रवेश गरेकाहरूलाई प्रायः प्रेम रोग लाग्ने गर्छ । पुराना घोकेका ती गीतहरूको भाव यो उमेरमा आएर मात्रै बुझ्दै जाँदछन । ती गीतहरू तब सान्दर्भिक हुन थाल्छन् जब हामी त्यही अवस्थामा पुग्छौं र ती गीतहरूमा आफैंलाई भेटाउँदछौँ । बाल्यकाल हुँदा जुन गीत गाउने गर्थ्यौँ आज जवान अवस्थामा ती गीतहरूमा हामी जिउन थाल्छौँ । सायद यसैले होला मण्डलीमा पनि जवानहरूलाई संगीतमा निकै परामर्शका शिक्षा दिने गरिन्छ किनकी गीतहरूमा शक्ति हुन्छ । यदि हामी ती गीतहरूमा आफैंलाई पाउन थाल्छौँ र गीतको भावलाई आफ्नो जीवनमा भोगेका पीडाहरू मार्फत बुझ्न थाल्छौँ भने त्यसले गहिरो प्रभाव पार्दै लैजान्छ । यसको अर्थ ती गीतहरूले हामीलाई विनाशमा लैजान्छ, ती सब नराम्रा गीतहरू हुन् भन्न खोजेको चाहिँ होइन । बरु हामीले आफ्नै भोगाइ द्वारा ती गायकहरूको हृदयलाई बुझ्न सक्यौँ । यद्यपि गीतहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पक्का पार्छ नै ।

 

त्यस्तै बाइबल भित्रका कथाहरू पनि हामी आफैं नजिए सम्म सायद बुझ्न सक्दैनौं । तसर्थ, यो वचनलाई जिवित भनिएको हो किनकि यसमा हामी जिउनु छ । बाइबलिय विद्वान जन वाल्टन भन्छन् कि बाइबल हामीलाई लेखिएको थिएन तर हाम्रो लागि भने लेखिएको हो । अर्थात, बाइबलका हरेक पुस्तकहरू उनीहरूका आफ्नै सांस्कृतिक र ऐतिहासिक परिवेशमा लेखिएको हो जुन हाम्रो परिवेश सँग मेल खाँदैन तर ६६ पुस्तकहरू भरी कुँदिएका परमेश्वर र मानव बीचको सम्बन्धको चित्र भने हाम्रो लागि नै कोरिएका थिए । हामीलाई ती चित्रहरू बुझेर जिउनु छ । जब हामी ठिक त्यस्तै परिस्थिति भएर जान्छौं तब मात्रै ती पुस्तकहरूलाई बुझ्न योग्यको बन्छौँ । हामी तब आफैंलाई बाइबल भित्र नै पाउँदछौँ ।

 

समय फरक होला, परिवेश फरक होला र संसार फरक होला तर सन्देश फरक हुँदैन । तसर्थ, प्रभुको वचन जिउनका लागि हो । जसरी पुराना पप गीतहरूले हाम्रो निम्ति सन्देश बोकिरहेको हुन्छ र हामी पनि ती गीतहरूमा जिउन थाल्छौँ अनि गीतहरूका भावलाई बुझ्छौँ, प्रभुको वचनले पनि सन्देश बोकेको छ र हामी ती सन्देशहरूमा जिउन सक्न पर्छ अनि मात्रै बाइबल बुझ्न सक्छौँ ।


A Christian Thinker

Hi, it's me Kevin from Nava Jeevan AG church, Kupondole. I am currently working as a Civil engineer as profession. In church ministry I am engaged as blogger and I have my own personal ministry namely Apologetics Impact Nepal. I'm interested in theological, apologetics and ethical discussion and I love to enroll in guiding others in these fields. You can visit my ministry blog and connect with me via Gmail kvinmdiv@gmail.com or eseekers25@gmail.com!

Post a Comment

Previous Post Next Post