क्यारिस्म्याटिक कि बौद्धिक विश्वासी ?

 



हरेक मण्डलीमा क्यारिस्म्याटिक र बौद्धिक दुबै क्षेत्रमा आबद्ध विश्वासी हुन जरुरी छ । क्यारिस्म्याटिक विश्वासीले अरुलाई प्रभुमा गहिरिन, समर्पित हुन, परमेश्वरको शक्तिलाई अनुभव गर्न, उहाँ संगको सम्बन्धमा गहिरिन, उहाँमा तिर्खाउन र आराधना अनि अगुवाईमा उत्प्रेरित गर्न सक्छन् भने बौद्धिक विश्वासीले वचनको गहिराईलाई बुझ्न, बाइबलको जानकारीमूलक तथ्यहरू बारे सिकाउन, विश्वासलाई प्रतिरक्षा गर्न सिकाउन, सुसमाचार सुनाउन, परमेश्वरबारे अझै जान्न, ख्रीष्टलाई बुझ्न र उहाँमा हाम्रो पहिचान अनि अर्थ अनुभूत गर्न, वचनको सहि व्याख्या गर्न र मण्डलीलाई ब्वाँसाहरू देखी जोगाउन सहयोग गर्न सक्छन् । यी दुई पक्षहरू एक अर्काका बिरोधि कदापि होइनन् ।

 

बौद्धिक विश्वासीलाई क्यारिस्म्याटिकको खाँचो छ आत्मिकी जीवनमा अघि बढ्न, परमेश्वरलाई जीवनमा अनुभव गर्न, उहाँको शक्तिलाई अनुभव गर्न र क्यारिस्म्याटिक विश्वासीलाई पनि बौद्धिक विश्वासीको खाँचो छ बाइबललाई गहिरिएर बुझ्न, विश्वासको प्रतिरक्षा गर्न, सुसमाचार सुनाउन सिक्न, वचनको सहि व्याख्या गर्न ताकी उनीहरू सहि प्रकारले परमेश्वर सित सम्बन्धमा जोडिन सकून् । यसरी दुबैलाई एक अर्काको खाँचो छ । तर आज यी दुबै पक्षले एक अर्कालाई शत्रुको रूपमा हेर्ने गरेका छन् जुन दु:खद कुरो हो ।

 

क्यारिस्म्याटिक विश्वासीले बौद्धिक पक्षलाई आदर गर्न अत्यावश्यक छ किनकि यही पक्षले गर्दा वचनलाई हामीले आज सहि प्रकारले जान्न र  बुझ्न पाएका छौँ । बौद्धिक पक्षले विश्वासको जग स्थापना गर्दछ । यसले मापदण्डको निर्माण गर्दछ । वचनमा गम्भीर हुन सिकाउँछ । यस्तै, बौद्धिक पक्षले पनि क्यारिस्म्याटिक पक्षलाई आदर गर्न सिक्न पर्छ किनकि यहि पक्षले परमेश्वर सितको सम्बन्धमा अघि बढ्ने, उहाँलाई जीवनमा अनुभूत गर्ने, उहाँको शक्तिलाई अनुभव गर्ने र उहाँको आराधना गर्ने कुरामा धेरै सिकाएको छ । क्यारिस्म्याटिक पक्षले विश्वासको अनुभव स्थापना गर्दछ । यसले व्यक्तिगत आत्मिकी वृद्धि र प्रभुमा समर्पित जीवन निर्वाह गर्न सहयोग गर्दछ । प्रभुमा गम्भीर हुन सिकाउँछ ।

 

तसर्थ, यी दुई विपरीत ध्रुव कदापि होइनन् तर दुबैलाई एक अर्काको खाँचो छ । दुबै पक्षले एक अर्कालाई बुझिदिन आवश्यक छ ।


A Christian Thinker

Hi, it's me Kevin from Nava Jeevan AG church, Kupondole. I am currently working as a Civil engineer as profession. In church ministry I am engaged as blogger and I have my own personal ministry namely Apologetics Impact Nepal. I'm interested in theological, apologetics and ethical discussion and I love to enroll in guiding others in these fields. You can visit my ministry blog and connect with me via Gmail kvinmdiv@gmail.com or eseekers25@gmail.com!

Post a Comment

Previous Post Next Post