प्राविधिक क्षेत्रहरू बारे जानकारी: भविष्यमा उपयोगी: प्रभु प्रति धन्यवादी

 



प्ल्याट फर्महरू पर्याप्त छन् तर उपयोग गर्नेहरूको कमी छ

(कतिपय अंग्रेजीका शब्दहरूलाई हुबहु नेपाली उच्चारणमा लेख्न गाह्रो भएको हुँदा गलत हिज्जेको लागि कृपया क्षमा दिनुहोला !)

    २०१९ को अन्त्य तिर आएको विश्वव्यापी कोभिडले समस्त संसार कै जनजीवन खल्लो बनायो । मण्डलीहरूले पनि आफ्ना सेवासङ्गतीलाई निरन्तरता दिन सकेनन् । कोभिडबाट जोगिन बनाइएका निति नियमका कारण मण्डली भवनमा अरु सामान्य हप्ताहरू झैँ भेला हुन नसकिने स्थिति बन्न पुग्यो । मुख्य सेवा मात्र नभएर विविध सङ्गतीहरूलाई पनि निकै चुनौतीको सामना गर्न पर्यो । तर त्यस्तो अवस्था हुँदा हुँदै पनि जूम (Zoom) नामक प्ल्याट फर्म (Platform) ले निकै ठूलो सहयोग गर्‍यो । हामी परमेश्वर प्रति धन्यवादी हुनै पर्छ ।

    आजको आधुनिक युगमा प्रविधि धेरै नै अघि बढिसकेको छ । हामी सित धेरै प्रकारका सामाजिक एप (App) हरू छन् जस्तैः जूम, डिस्कर्ड (Discord), टेलिग्राम (Telegram), व्हाट्सएप (Whatsapp), गुगल मीट (Google Meet) इत्यादी । हामी सबै जना आ-आफ्ना बोलावटको आधारमा विभिन्न क्षेत्रमा सेवाकाई गर्छौँ । सेवाकाईमा कहिल्यै समय परिस्थिति आरामदायी होला अनि खटौँला भन्न हुन्न । चुनौतीपूर्ण समय होस् वा शान्तिपूर्ण समय, सेवाकाई प्रति हामी गम्भीर हुनै पर्छ । वर्तमान परिस्थितिमा हामी माझ अनेकौं प्ल्याट फर्महरू सृजिएका हुनाले त्यसको विषयमा जानकारी लिने अनि सक्दो उपयोग गर्ने बानी बसाल्नु पर्छ । हाम्रा परमेश्वर प्रावधान गराउने परमेश्वर हुन् (Theological term: God of providence)

    हरेकको जीवनमा आफूलाई दिएको वरदान र बोलावटको आधारमा हामीले सहि प्ल्याट फर्मको छनौट गरेर आफ्नो सेवाकाईलाई अझै प्रक्खर बनाउन सक्छौं । आधुनिक प्रविधिलाई प्रयोग गरेर मण्डली परिवारको भलाई र हितको लागि सेवा प्रदान गर्न सक्छौं । अचेल त अझै भर्चुअल युगको (Virtual technological age) जमाना छ । तपाईंको समक्ष पोडकास्ट (Podcast), यू ट्यूब (You Tube), ट्विट्टर (Twitter), टेलिग्राम, फेसबूक, पिन्टेरेस्ट (Pinterest), टिक टक (Tik tok) आदि जस्ता अनेकौं क्षेत्रहरू छन् । यी प्रविधिहरूलाई मनोरञ्जनका लागि मात्र नभएर सेवाकाईका लागि पनि प्रयोग गर्न सिक्न पर्छ ।

    पश्चिमी देशहरू तिर डिस्कर्ड, जूम, टिक टक लगायत धेरै अरू प्रविधि पनि सेवाकाईको लागि उपयोग गरिएको हामी पाउन सक्छौं । सामाजिक संजालले बिगार्ने भयो भन्ने रूढिवादी सोच आज पालेर बस्नु भन्दा यी संजालहरूलाई प्रभुको राज्यको कामको निम्ति किन उपयोग गर्न नसकिएला र ? के विज्ञान र प्रविधि उहाँकै प्रावधान हैन र ? आज तपाईंले डिजिटल पुस्तकहरू पढ्न पाउनु भएको छ, बाइबलका धेरै संस्करण र अध्ययन सामाग्रीहरूका लागि विविध एप, सफ्टवेयर, वेबसाइट आदि उपलब्ध छन् , घरमा नै बसि बसि तपाईंले बाइबल कलेज अनलाइन कोर्सहरू गर्न सक्नुहुन्छ, सामुहिक छलफलका लागि एपहरू प्रयोग गर्न सक्नुहुन्छ, र यस्तै धेरै प्राविधिक सुबिधाहरू आज छन् ।

    तर दु:खद कुरो यो छ कि हामीले आज पर्याप्त प्राविधिक सुविधाहरूको उपयोग नै गर्न सकिरहेका छैनौं । हाम्रा चुनौतीहरूलाई समतल पार्नलाई सुहाउँदो प्राविधिक सुविधाहरू नभएको होइन तर चिन्न नसकिएको र केवल समस्यालाई मात्र जीवनमा थुप्रो बनाइ जटिल पहाड सृजना गरिदिएकोले यस्तो हुन गयो । "जहाँ इच्छा, त्यहाँ उपाय" यसै पनि हाम्रो समाजमा कथन बनिएको त होइन नि हजुर । वा नजिकको तीर्थ हेला नै भन्न पर्ला कि ?

    हामीहरू आफ्नो दैनिकी जीवनमा प्राविधिक क्षेत्रहरू बारे पनि जानकारी राख्ने गरौँ ताकि भविष्यमा उपयोगी हुन सकोस् र चुनौतीपूर्ण वातावरणमा पनि सेवाकाई गर्न सकोस् ! प्रभु प्रति धन्यवादी हुनुहोस् कि जब उहाँको बोलावट हामीले हाम्रो जीवनमा पाउँदछौँ तब उहाँले नै सबै बन्दोबस्त पनि मिलाउने काम गर्नुहुन्छ र हामीलाई भौतारिन दिनुहुन्न । तर हामीले पनि उहाँको प्रावधानको उपयोग गरेर उहाँको महिमाको लागि र राज्य विस्तारको लागि खट्न पर्दछ !

धन्यवाद       


A Christian Thinker

Hi, it's me Kevin from Nava Jeevan AG church, Kupondole. I am currently working as a Civil engineer as profession. In church ministry I am engaged as blogger and I have my own personal ministry namely Apologetics Impact Nepal. I'm interested in theological, apologetics and ethical discussion and I love to enroll in guiding others in these fields. You can visit my ministry blog and connect with me via Gmail kvinmdiv@gmail.com or eseekers25@gmail.com!

1 Comments

  1. सारांश:

    आधुनिक युग प्राविधिक युग हो, प्रभुको देन हो जसलाई सदुपयोग गर्न हामीले सिक्न र सिकाउन आवश्यक छ । हामी सित आज धेरै प्रकारका समाजिक र अध्ययनशील एपहरू छन् । हामीलाई एक अर्का सङ्ग सङ्गतीमा जोड्न सघाउने, अन्तरक्रियाको लागि सुबिधा सम्पन्न, बाइबल अध्ययन एप्सहरू, लगायत थुप्रै प्रावधान सहितका एप्सहरू हामी माझ छ । हाम्रो आफ्नो बोलावट अनुसारको सेवाकाईका क्षेत्रहरू पनि छन् र कहिले वातावरण सहज होला र सेवा गरुँला भनेर सोच्ने बेला नै हैन । सेवाकाईको लागि आवश्यक प्ल्याट फर्म मनग्ये हामी माझ उपलब्ध छ जसलाई चिन्न र प्रयोगमा ल्याउन सिक्न पर्छ । यी सब प्रभुबाट को प्रावधान हो उहाँकै महिमा र राज्यको खातिर । आज समय जति अघि बढ्दै छ, प्राविधिक विकास पनि लम्कँदै छ । ती सबै प्राविधिक प्रावधानहरूलाई आफ्नो आवश्यकता अनुसार उपयोग गर्न सिकौं र सिकाऔँ अनि प्रभु प्रति धन्यवादी होऔँ ।

    ReplyDelete
Previous Post Next Post