बाइबल कलेज प्रति धन्यवादी हुनुहोस् र आफ्नो मण्डली प्रति जिम्मेवारी हुनुहोस् !

 



आफूले पाएको ज्ञान अरुलाई पनि सिकाऔँ

    आधुनिक युगमा धेरै इसाई मित्रहरू बाइबल कलेज अध्ययन गरेर धेरै डिग्रीहरु हासिल गर्छन् । डिप्लोमा देखि मास्टर सम्मका अध्ययनहरूमा आज सबै जना खटिरहेका छन् । यो खुशीको संदेश पनि हो । यो सेवाकाई प्रति दत्तचित्त भएर अघि बढ्ने र परमेश्वरको वचनलाई अझै गहिरिएर सिक्ने पद्धति निकै आवश्यकता पनि हो ।

    इसाई जगतमा अनेकौं सम्प्रदाय भए तापनि हाम्रो परमेश्वर, मुक्तिदाता र आधारभूत सिद्धान्त एकै हो । सबै विश्वासीहरू आफ्नो मण्डली प्रति जिम्मेवारी हुन सक्न पर्दछ र सहि ईश्वर शास्त्रीय शिक्षा प्रदान गर्न पर्छ । यसका साथै मण्डलीको उत्तरदायित्व केवल सुसमाचार प्रचार मात्र हैन तर विविध आवश्यक तालिम दिलाउने, परोपकारी सेवामा खट्ने, व्यावहारिक आम-जनसरोकारका विषयहरू शिक्षा प्रदान गराउने आदि पनि हो । बाइबल कलेजबाट केवल सर्टिफिकेट र डिग्री मात्र हासिल गर्ने हामी कसैको उद्देश्य होइन तर त्यो अवधि भर सिकेका कुरालाई आफ्नो मण्डलीमा पनि सिकाउँदै लैजाने हाम्रो कर्तव्य, उद्देश्य र लक्ष हुन आवश्यक छ ।

    आधुनिक युगमा धेरै सतावट, खेदो, झूटा शिक्षा, झूटा आरोप, आलोचनात्मक विश्लेषणहरू बढ्दै गएका छन् । बाइबल कलेजबाट शिक्षा प्राप्त गरेका हरेकले आफ्नो मण्डलीमा पर्याप्त तालिम दिने, जीवनका विविध व्यवहारिक कुरामा शिक्षा दिलाउने, जन चेतनामूलक कार्यक्रमहरू गराउने, विविध माध्यम द्वारा सुसमाचारको बिज रोप्ने, आदि काममा सहयोग गर्न सक्न पर्दछ । आफूले पाएको ईश्वर शास्त्रीय ज्ञान केवल कलेज परिसर भित्र मात्र सिमित नराखी आफ्नो दैनिकी जीवनमा, घर परिवारमा होस् वा सङ्गती होस्, सबैलाई सिकाउँदै लाने हाम्रो धर्म नै हो ! हामीलाई सुसमाचार प्रचार गर्न, विश्वासको प्रति रक्षा गर्न, चेलापनमा अघि बढ्न र मण्डली वृद्धि गर्नलाई विविध क्षेत्रहरूमा सेवाकाई गर्न परमेश्वरबाट गम्भीर बोलावट र जिम्मेवारी दिइएको छ ।

    तपाईं हामी जुन सुकै क्षेत्रमा आफ्नो बोलावट अनुसार कार्यरत छौँ, त्यहाँ आफूले सिकेका कुरालाई बाँड्ने काम गर्नु होस् ताकी तपाईं मार्फत अरुले धेरै सिक्न सकून् । आज झन प्रविधिको युगमा सूचना प्रसारणलाई कुनै दिक्कद छैन । तपाईंले जति अरुलाई सिकाउनुहुन्छ, जति अन्तरक्रिया गर्नुहुन्छ, त्यति तपाईं आफैं पनि सिक्दै जानुहुनेछ ! आफ्नो ज्ञान र दक्षतालाई सिमित नपार्नुहोस ! तपाईंलाई चेलापनको जिम्मेवारी दिइएको छ ! चाहे ईश्वर शास्त्र होस, चाहे संगीत क्षेत्र होस्, चाहे रक्षा शास्त्र होस् वा अरु जुनसुकै क्षेत्रहरूमा पनि तपाईं अरुको निम्ति प्रेरणाको स्रोत बन्न सक्नुहुनेछ । परमेश्वरको महिमा तपाईंको चेलापनबाट पनि हुन्छ ! तपाईं सित भएका कुराहरू पछि अरुको लागि महान आशिष बन्न सक्छ !

    याद राखौँ, बाइबल कलेजहरू यत्तिकै खोलिएका हैनन तर ठूलो जिम्मेवारीका साथ खोलिएका हुन् । बाइबल कलेज प्रति धन्यवादी हुनुहोस् र आफ्नो मण्डली प्रति जिम्मेवारी हुनुहोस् ! ईश्वर शास्त्रीय ज्ञानलाई अझै बलियो बनाउनु होस् र परमेश्वरलाई अझै चिन्न र उहाँ सितको सम्बन्धमा नजिकिँदै जाँन तत्पर हुनुहोस् ! यसरी येशूको महान आज्ञालाई हामी सहर्ष पुरा गर्न सक्छौं र उहाँको चेलापनको उदाहरणलाई पालन गर्न सक्छौं !

धन्यवाद 


A Christian Thinker

Hi, it's me Kevin from Nava Jeevan AG church, Kupondole. I am currently working as a Civil engineer as profession. In church ministry I am engaged as blogger and I have my own personal ministry namely Apologetics Impact Nepal. I'm interested in theological, apologetics and ethical discussion and I love to enroll in guiding others in these fields. You can visit my ministry blog and connect with me via Gmail kvinmdiv@gmail.com or eseekers25@gmail.com!

Post a Comment

Previous Post Next Post