मूर्तिपूजा के होइन ? What isn't an Idolatry?

 



मूर्तिपूजा (Idolatry) के होइन ?

 

Hebrew:

תְּרָפִים

Transliteration: tᵊrāp̄îm

Pronunciation: ter-aw-feme'

Usage: object of reverence[1]

 

Greek:

Idolatry: εἰδωλολατρία

Transliteration: eidōlolatria

Pronunciation: i-do-lol-at-ri'-ah

Usage: in honour of false gods, worship of false gods[2]

 

मूर्तिपूजा केवल अन्य धर्मका देवी देवताका हातले बनिएका मूर्तिहरू मात्र हैनन् तर यसले अझै गहिरो र गम्भीर अर्थ राख्दछ । मूर्तिपूजा नै सबै पापको जड हो ! के हो त मूर्ति पूजा खासमा ?

परमेश्वर बाहेक हाम्रो निजी जीवनमा उहाँको साटो ओहोदा लिने, महिमा लिने र योग्यता लिने हर कोही वस्तु प्रति हाम्रो प्राथमिकता र श्रद्धा नै मूर्तिपूजा हो । हामीलाई त उहाँकै निजी आराधक र सन्तान हुनलाई बनाइएको थियो ताकी हामीले उहाँको महिमा गर्न सकौँ र यसैमा हामी आनन्दित हुन सकौँ । हाम्रो जीवनमा उहाँलाई दिने महिमा र उहाँ सितको सम्बन्धमा हामीलेले पाउने रमाहट र आनन्द नै हाम्रो प्रमुख उद्देश्य हो । यस बाहेक उहाँको साटो हाम्रो जीवनमा कुनै पनि अरु थोकलाई महिमा दिनु, पुज्नु, आदर दिनु, उच्च ओहोदा दिनु र हामी त्यसमा आनन्दित हुनु, रमाउनु नै मूर्तिपूजा हो । यदि हामी उहाँमा बाहेक अन्यत्र आनन्द खोज्छौँ, उहाँ बाहेक अरु कुराको चाह गर्छौँ, अरु कुरालाई जीवनमा मालिक बनाउँदछौँ भने त्यही नै मूर्तिपूजा हो । यसबाटै सबै पापको जन्म हुँदै जान्छ ।

शुरुआतमा उच्च ओहोदाको स्वर्गीय दूतले पनि यहि कार्य गरे । परमेश्वरको बिद्रोहमा उत्रेर उहाँ भन्दा पनि महान बन्ने चाहना राखे र सबैबाट महिमा लुट्न खोजे । उसले परमेश्वरले पाउने महिमा आफूले पाउन चाहन्थ्यो । उहाँको स्थान भन्दा पनि उच्च आफ्नो स्थान बनाउन चाहन्थ्यो । आफू शुरुआतमा भ्रष्ट भए पछि अब शुरुमा सृष्टि गरिएको आदम र हव्वालाई समेत उसले फसायो र परमेश्वरबाट टाढा लग्न सफल भयो । मानव जाति जुन उद्देश्यको लागि सृजिएको थियो, त्यसमा उसले हार खायो । आफ्नो जीवनमा ऊ साधारण जीवन मात्र जिउन थाल्यो र भौतारिन थाल्यो ।

मानव जातिको विकास क्रम[3] हुँदै गर्दा उसले अन्य थोकहरूलाई पुज्न थाल्यो र त्यसैमा आफ्नो आनन्द र रमाहाट स्थापित गर्यो । आफ्ना हृदयका अभिलाषा उसका निजी सम्पत्ति बनेँ र विभिन्न देवि देवता स्थापित गर्दै आफ्नो मनोकामना पूरा गर्ने प्रयत्न गर्दै आए । यसै क्रममा दर्शन, धर्म, अध्यात्म आदि विकास हुँदै गयो । मानिसले आफ्नो जीवनको उद्देश्य र आफ्नो पहिचान नै बुझ्न सकेन र आफैंले यी कुराहरुलाई स्थापना गर्दै गए । जुन उद्देश्य, ओहोदा, पहिचान र हैसियतका साथ उत्पत्ति १ मा नै मानव जाति सृष्टि गरिए त्यसबाट ऊ चुकेर आफ्नै तौरतरिका अप्नाउँदै उसले आफ्ना झूटा ओहोदा, पहिचान, हैसियत र उद्देश्य स्थापना गर्दै गयो र जीवनमा दुख, वेदना, कष्ट, पीडा, यातना, अस्तव्यस्तता, हरेस, हार, असफलता, आदि लाई सामना गर्न बाध्य भयो ।[4] शुरुआतमा नै अदनको बगैंचाबाट परमेश्वरबाटको निर्भरता तोडिनु नै पहिलो पाप थियो ।[5] उहाँ बाहेक अरु थोकमा चाहना राख्नु नै ठूलो भूल थियो । उहाँ बाहेक अरु थोकको राज्यलाई आफ्नो जीवनमा अङ्गाल्नु नै असफलताको कडि थियो । यसरी समस्त मानव जाति मूर्तिपूजामा फसे ।

आज सम्म पनि यहि क्रम र यहि कथा जारी छ । मूर्ति केवल मन्दिरमा भएका मूर्ति नसम्झिनुहोस ! आरधानाको जुनसुकै केन्द्र र वस्तु नै मूर्ति हो चाहे त्यो हाम्रो जीवनको जुनसुकै कुरा होस । यति सम्म याद राख्नुहोस कि यदि तपाईं परमेश्वर भन्दा पनि बाइबललाई आरधनाको केन्द्र बनाउनुहुन्छ र बाइबललाई उहाँको स्थान दिनुहुन्छ भने त्यो पनि मूर्तिपूजा नै हो (आधुनिक बिब्लिसिजम)। किनकि बाइबललाई समेत हामी पुज्दैनौँ । परमेश्वरको वचन भनेको हामी सित भएको अक्षर रूपी बाइबल होइन । उहाँ बारे जान्नका लागि उपलब्ध गराइएको एउटा माध्यम मात्र हो बाइबल तर हाम्रो सम्बन्ध उहाँ सित हो (यसको अर्थ फेरी बाइबल फ़ाल्दिन पर्छ भनेको चाहिँ होइन) । ज्ञान, अध्ययन, काम, व्यस्तता, धन, चङ्गाई, सम्पन्नता आदि लाई मात्र पनि हामी मरिहत्ते गर्दै छौँ भने त्यो पनि मूर्तिपूजा नै हो । किनकि हामीलाई परमेश्वर होइन तर ती थोकहरु चाहिएको छ । यसको अर्थ ती थोकहरू माग्नु हुन्न भन्न खोजिएको पनि होइन तर हाम्रो आरधनाको केन्द्र, हाम्रो जीवनको महत्त्व, हाम्रो आनन्द ती थोकहरुमा रहन हुन्न ।

हामीलाई परमेश्वरको उपस्थिति र उहाँ सितको सम्बन्ध नै सबैभन्दा ठूलो आनन्द को विषय हो । उहाँको आरधना गर्नु र उहाँलाई महिमा दिनु बाहेकको आनन्द अरु केहि छैन । उहाँ बाहेक कुनै पनि वस्तुलाई उहाँको स्थान दिनु नै हाम्रो जीवनमा पाप हो । त्यसैले हाम्रो जीवनमा मूर्तिपूजा भनेको अरु केही होइन तर परमेश्वरको स्थान, उहाँको महिमा, उहाँमा लिन पर्ने आनन्द, उहाँको वैभव नै अरु कुनै पनि थोक सित साट्नु नै मूर्तिपूजा हो ।

हुन त खास यो शब्दले हाम्रो मौलिक सन्दर्भमा भने निकै कष्ट दिएको छ तर भाव वा अर्थ भने यहाँ हाम्रा मानिसले गहिरो रूपमा अवश्य बुझ्न सक्छन् र येशूको महत्त्व र आवश्यकतालाई बोध गर्न सक्छन् । शब्द सित सरोकार नराख्नु होस तर त्यसले दिने अर्थलाई बुझ्ने कोसिस गर्नु होस । अनि सुसमाचार वास्तवमा के हो र येशू नै किन भन्ने कुराको बोध यहाँका मानिसहरूलाई गराउन सक्छौं !



[1] “H8655 - Tərāp̄îm - Strong’s Hebrew Lexicon (Niv),” Blue Letter Bible, accessed July 3, 2022, https://www.blueletterbible.org/niv/gen/1/1/s_1001.

[2] “G1495 - Eidōlolatria - Strong’s Greek Lexicon (Niv),” Blue Letter Bible, accessed July 3, 2022, https://www.blueletterbible.org/niv/gen/1/1/s_1001.

[3] यो प्राकृतिक मानव विकासवादी सिद्धान्तको विषयमा भनिएको  होइन

[4] InspiringPhilosophy, Does God Send People to Hell?, 2018, accessed July 3, 2022, https://www.youtube.com/watch?v=tiYf6ITgWbk.

[5] Rohit Dhakal official, पिता परमेश्वर पुुत्र परमेश्वर पवित्र आत्मा परमेश्वरमा  के फरक छ ? Rohit Dhakal with Rev.PA Thomas, 2020, accessed June 30, 2022, https://www.youtube.com/watch?v=teKhjCxmk6U.


A Christian Thinker

Hi, it's me Kevin from Nava Jeevan AG church, Kupondole. I am currently working as a Civil engineer as profession. In church ministry I am engaged as blogger and I have my own personal ministry namely Apologetics Impact Nepal. I'm interested in theological, apologetics and ethical discussion and I love to enroll in guiding others in these fields. You can visit my ministry blog and connect with me via Gmail kvinmdiv@gmail.com or eseekers25@gmail.com!

Post a Comment

Previous Post Next Post