आज येशू सित नजिक हुँदा पनि हामी टाढै छौँ कि ?

 


आज येशू सित नजिक हुँदा पनि हामी टाढै छौँ कि ?

 



 शक्तिमान टेलीसिरियल एपिसोड २५१

लकडाउनको समयमा जब शक्तिमान टेलीसिरियल यसो हेर्दै थिएँ तब यस एपिसोडमा गीता  विश्वासको विरोधाभासपूर्ण (Paradoxical) भनाइले मलाई साह्रै प्रभाव पार्यो: पहले हम दूर रहकर भि कित्ने करीब थे, और आज पास आकर भि कित्ने दुर हैँ

भावार्थ: पहिले टाढा बसेर पनि धेरै नजिक थियौ तर आज नजिक आए पछि कति टाढा भयौं

(६.२३ मिनेट बाट हेर्नुहोला)

 

यस कथनको प्रसङ्ग बेग्लै भए तापनि हाम्रो जीवनमा एकदमै सान्दर्भिक लाग्यो र म गहिरो सोचमा परेँ ।

विगतको समयमा प्रभुमा नयाँ विश्वासी हुँदा जता जता जान्थें त्यता सुसमाचार बडो आनन्दले प्रचार गर्थें तर आज गैर इसाई समुदायमा चर्च, बाइबल, येशू इत्यादि नाम समेत लिन आफूमा कुनै जोश, उर्जा र हिम्मत नरहेको भेटाउछु !

विगतमा ईश्वर शास्त्रीय ज्ञान सित दुरी हुँदा पनि प्रभु सित सम्बन्धमा कति नजिक थिएँ, तर आज ईश्वर शास्त्रीय ज्ञान सित नजिकिँदा प्रभु सितको सम्बन्धमा टाढिएको महसुस गर्दैछु ।

आज आलोचकहरुको वृद्धिको भय देखेर मात्र पनि बाइबल पढ्न कम्मर कसिन्छ, विगतमा आफ्नो आवश्यकता र सत्यता जानेर बाइबल पढिन्थ्यो ।

पत्रुसलाई पानी माथी हिड्ने आज्ञा येशूबाट पाउँदा पनि आफ्नो वरपरको समुद्री छल देखेर उनि डगमगाउछन, आज येशू जस्तै बन्न खोज्ने हामी आफ्नो वातावरणको छाल देखेर अत्तालिन्छौँ र येशू सङ्गै छन भनी बिर्सन्छौँ ।

ईश्वर शास्त्रीय ज्ञान आवश्यक छैन भन्नु मेरो तात्पर्य होइन तर हाम्रो आफ्नो व्यक्तिगत जीवनमा प्रभु सित हाम्रो सम्बन्ध कस्तो छ होला ? बाइबल कति पल्ट पढ्यौँ भन्दा पनि कत्तिको बुझ्ने गरि पढेका छौँ होला ? कहिले काहिँ हामी ईश्वर शास्त्रीय ज्ञानले भरिपुर्ण भए तापनि प्रभुबाट निकै टाढिएको हुन्छौं !  

कहिलेकाही त प्रार्थना गर्दा पनि पवित्र आत्माको अगुवाइ भन्दा पनि हाम्रो मगजमा भरिएको ज्ञानलाई सम्झि सम्झी प्रार्थना गर्ने बानी सायद हामीमा बसेको हुन सक्छ । कुनै बेला त हाम्रो लागि हामी सित भएको ज्ञान नै ठूलो लाग्न थाल्छ ! झन आजको युगमा त कति लाखौँ पुस्तकहरू छन् ! हो, वास्तवमा ती सबै कामहरूमा पवित्र आत्माले नै अगुवाइ गर्नुभएको नै हो तर हामीमा आज त्यो अगुवाइ छ कि छैन ? हामी प्रभुमा घनिष्ट सम्बन्धमा छौँ कि छैनौं होला ? यो पनि आवश्यक छ !

पवित्र आत्माको अगुवाइ बिनाको बटुलिएका ज्ञान र डिग्रीहरू व्यर्थ का नै हुन्छन् ! त्यस्तो ज्ञान त आज गैर इसाई संसारमा समेत धेरैले बटुल्न सकेका छन् ! तसर्थ, केवल ईश्वर शास्त्रीय ज्ञानले मात्र नभई येशू सितको सदाबहार सम्बन्धले हामी सुस्सजित हुन सकौँ ! हाम्रो बोलावट अनुसार हामीलाई तयार पार्ने काम त परमेश्वरको हातमा छँदैछ ।

धन्यवाद 

 


A Christian Thinker

Hi, it's me Kevin from Nava Jeevan AG church, Kupondole. I am currently working as a Civil engineer as profession. In church ministry I am engaged as blogger and I have my own personal ministry namely Apologetics Impact Nepal. I'm interested in theological, apologetics and ethical discussion and I love to enroll in guiding others in these fields. You can visit my ministry blog and connect with me via Gmail kvinmdiv@gmail.com or eseekers25@gmail.com!

Post a Comment

Previous Post Next Post